राजविराज । सप्तरीका सबै पालिकाहरूले अत्यधिक जाडो हुने दिन आ-आफ्नो क्षेत्रमा दाउरा बितरण गरी आगो बाल्ने व्यवस्था मिलाउने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले स्थानीय तहको विपद् व्यवस्थापन कोष, जिल्ला विपद व्यवस्थापन कोष र नेपाल रेडक्रस सोसाइटी, गैसस महासङ्घ, उद्योग वाणिज्य सङ्घ मार्फत अति विपन्न, असहाय, वृद्ध, अपाङ्गता र अरुको सहारा लिनुपर्ने व्यक्तिपरिवार स्थानीय तहको छनौट तथा सिफारिस अनुसार गरी कम्बल तथा न्यानो कपडा वितरणको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
पालिकाहरूले आगो बाल्ने व्यवस्था मिलाउने र दाउरा व्यवस्थापनको लागि डिभिजन वन कार्यालयसँग समन्वय गर्ने र अत्यधिक जाडोबाट अति विपन्न, वृद्धवृद्धा, बालबालिका, अशक्त एवं अपाङ्गता एका लगायतका जनसङ्ख्या बढी प्रभावित हुन सक्ने भएकाले सबै पालिकाले जाडो छल्न आवश्यक पर्ने कम्बल, सिरक, लत्ताकपडा र दाउराको व्यवस्थापन गर्ने साथै आवश्यक पर्ने थप सामग्रीको लागि जिल्ला प्रशासन कार्यालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयसँग माग गर्ने निर्णय भएको छ ।
विपद् व्यवस्थापनसँग सम्बन्धित राहत बितरण गर्दा जिल्लामा कार्यरत सङ्घसंस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति/जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्थानीय तहको सहभागितामा एकद्वारा प्रणालीबाट राहत विवरणको व्यवस्थापन गर्ने । स्थानीय तहहरूले विपद्सँग सम्बन्धित स्वास्थ्य प्रयोजनका लागि द्रूत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली गठन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
यस्तै, बैठकले जिल्लाका स्थानीय तह, गैसस, रेडक्रसलगायत विपद्सँग सम्बन्धित सरोकारवाला निकायहरूबीच जिम्मेबार व्यक्ति/फोकल पर्सन तोकी सूचना प्रवाह र निरोधका उपाय शीघ्र अवलम्बन गर्न ह्वाट्सएप ग्रुप निर्माण गरी सकृत् सहभागिता जनाउने, शीतलताको प्रभावबाट जोगिन झोलिलो पदार्थ, तातोपानी, पोषिलो खाना, न्यानो कपडा र घरभित्र बस्नेलगायतका सन्देशमूलक सूचना आम सञ्चारका माध्यमबाट सबै पालिकाले प्रचारप्रसार गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा