
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका ५१ ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थामा ‘न्यानो नानी’ परियोजनामार्फत् बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंकलाई सम्मान गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विशेष सम्मान-पत्र प्रदान गर्नुभएको हो ।
विगत चार वर्षदेखि निरन्तर चलिरहेको ‘न्यानो नानी’ परियोजनामार्फत् राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी-बेबी वार्मर मेसिन निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरूमा जडानका लागि बैंकले वित्तीय सहयोगका साथै बैंकका शाखा कार्यालयको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको जनाएको छ ।
बैंकका अनुसार देशका थुप्रै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा बालबालिकालाई न्यानो राख्न परम्परागत शैलीमा कोइला र काठ जलाउने जस्ता उपायहरू अपनाइन्छन्, जसले बालबालिकाको स्वास्थ्यलाई थप हानी पुर्याउने जोखिम बढाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच