
खोटाङ । करदाता सेवा कार्यालय खोटाङले सबैभन्दा बढी मूल्य अभिबृद्धि कर र आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ ।
१३ औं राष्ट्रिय कर दिवस तथा समापन कार्यक्रममा शुक्रबार दिक्तेलस्थित उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम गरी हलेसी आयल ट्रेड एण्ड सप्लायर्स र दिक्तेल अंग्रेजी आवासीय विद्यालयलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा ५० करोडसम्म कारोवार गर्ने हलेसी आयलले १८ लाख ५१ हजार ५८२ रुपैयाँ र दिक्तेल अंग्रेजी आवासीय विद्यालयले १४ लाख २२ हजार ६३१ रुपैयाँ कर दाखिला गरेका थिए ।
पूर्व सांसद कूलप्रसाद फुयल र कर अधिकृत रितिशा गौतमले हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर महेन्द्र राई र दिक्तेल अंग्रेजी आवासीय विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठलाई सम्मान प्रदान गरेर सम्मान गर्नुभएको छ ।
यस्तै, कर प्रशासनमा रही उल्लेखनीय एवंम् प्रशंसानीय कार्य सम्पादन गरेकामा सोही कार्यालयमा कार्यरत नायब सुब्बा नेत्र प्रसाद बास्तोलालाई नगद पाँच हजार र सम्मान-पत्र दिएर सम्मान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच