
हेटौंडा । वीपी चिन्तन प्रतिष्ठानले दमरोगीहरु, एन्टिरेबिज भ्याक्सिन तथा मुटुरोगीका लागि अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आधारभूत स्वास्थ्य चौकीमा एक लाख ५० हजार मूल्य बराबरको दमको रोगीहरुका लागि, एन्टिरेबिज भ्याक्सिन तथा मुटुरोगीका लागि अत्यावश्यक औषधि हस्तान्तरण गरिएको हो ।
वीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कोषाध्यक्ष, कार्यक्रम संयोजक तथा समाजसेवी ध्रवबहादुर पाण्डेले बिभिन्न औषधि कम्पनीस“ग सहयोग लिइ प्रदान गर्नुभएको हो । उहाँले २०४९ सालदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउ“दै आउनुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेती, वडाध्यक्ष साधुराम भट्ट, पूर्ववडाध्यक्ष भोजबहादुर रिजाल, स्थानीय नेता दुर्गा उप्रेतीलगायतको उपस्थिति थियो ।
दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र(बाहिर गर्ने नलीलाई प्रभावित गर्छ । दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ । यसले सास फेर्न गार्हो हुन्छ । यसले हावाको नलीमा जलनसमेत हुन्छ । कहिलेकाहीं टाँसिने पदार्थ कफ बन्छ, जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ । छातिबाट प्रायः घ्यारघ्यार निस्कन्छ । दममा फोक्सोमा भएको हावाको नली धेरै संवेदनशील हुन्छ । र, त्यसले चुरोटको धु“वा, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्टप्रति प्रतिक्रिया गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच