काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विराटनगरमा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा तोकिएको बिमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य चार सय २५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताका लागि सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान प्रदान गर्नुभएको थियो । उहाँले सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने र कम्पनीको योजनाअनुरूप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताबीच सम्मान कार्यक्रम भइसकेको र अन्य प्रदेशमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी गराउनुभएको थियो । उहाँले कम्पनीले अभिकर्तामैत्री स्किम ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र क्लबमा नेपालभरबाट दुर्ई हजारभन्दा बढी अभिकर्ता छनोट हुन सफल भएको भन्दै योजना अत्यन्तै सफल भएको बताउनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा