
आजभन्दा पचास-साठी वर्षअघिको नेपालीहरुको भान्सा र आजको नेपालीहरुको किचेनको अवस्थालाई यदि हामीले गम्भीरतापूर्वक तुलना गयौं भने धेरै परिवर्तन पाइन्छ । त्यो परिवर्तन स्वास्थ्य र प्राकृतिक जीवनका लागि सकारात्मक नभएर नकारात्मक भएको विषय रोग र रोगीहरुको संख्यात्मक वृद्धिले पुष्टि गरेको छ । आजका रोग, रोगीहरुको संख्या, हिजोका रोगहरु र रोगीहरुको संख्याको तुलना गर्यौं भने भयावह अवस्था छ । हिजो नाम नै नसुनेका रोगका कारण आज धेरै मानिसले मृत्युवरण गरेका छन् । ती रोगहरूको उत्पत्ति हाम्रै कारणले भएको हो भन्ने विषयमा सचेत हुन जरुरी छ । ती रोगहरुको उत्पत्तिमा विशेषतः गलत जीवनशैली, खानपिनको प्रचलन, किचेनका भाँडाकुँडा साथै बदलिँदो कृषि प्रविधि आदि मुख्य जिम्मेवार छन् ।
पकाउने आधुनिक भाँडाकुँडाहरुको प्रयोगले नयाँ-नयाँ रोगको उत्पत्ति भएको विज्ञानका आधिकारिक व्यक्तिहरुले स्वीकार गरेको अवस्था छ । रोगको संख्या र रोगीको संख्या बढ्नुको मुख्यकारण आधुनिक कृषि प्रणाली, कृषिकर्ममा अन्धाधुन्ध विषादीको प्रयोग, किचेन, जीवनशैली र स्वास्थ्यप्रतिको मूल्य-मान्यतामा आएको परिवर्तन जिम्मेवार छ भन्नु किमार्थ अन्यथा हुँदैन । शरीरमा रोगहरुको प्रवेशको मुख्यकारण गुणस्तरहीन खाद्यवस्तुको सेवन, अप्राकृतिक जीवनशैली, शारीरिक श्रम नगर्ने बानी आदि प्रमुख जिम्मेवार छन् । शारीरिक श्रमको महत्वलाई आत्मसात गर्यौं र प्राकृतिक रूपमा शरीरलाई अनुकूल हुने खाद्यवस्तु उपभोग गर्यौं, प्रेसरकुकर, राइसकुर र माइक्रो ओभनको प्रयोग बन्द गर्यौं भने रोगको प्रकोपको सम्भावना निश्चितरूपमा घट्छ । शरीरको स्वास्थ्यका लागि नखाएर जिभ्राको स्वादका लागि खान्छौं । यदि जिभ्रोको स्वादका लागि मात्रै खायौं भने त्यसको नकारात्मक प्रभाव हाम्रो शरीरमा अवश्य पर्छ । स्वाद र सजिलोका लागि बट्टामा बन्द भएका र प्याकिङ गरिएका खाद्यवस्तुको सेवन जुन अनुपातमा वृद्धि भएको छ त्यही अनुपातमा नयाँ रोग देखापरेका छन् ।
खाना पकाउनलाई सजिलोका दृष्टिकोणले प्रेसर कुकर, राइसकुकर र माइक्रो ओभनजस्ता सामग्रीको प्रयोगले नयाँ-नयाँ रोग भित्रिएका छन् । केही रोगलाई भित्र्याउन फ्रिजको पनि कम भूमिका छैन । यस्ता सामग्री जतिबेला प्रयोगमा थिएनन् मानिसहरू निरोगी थिए ।
खाना पकाउनलाई सजिलोका दृष्टिकोणले प्रेसर कुकर, राइसकुकर र माइक्रो ओभनजस्ता सामग्रीको प्रयोगले नै अहिले नयाँ-नयाँ रोग भित्रिएका छन् । केही रोगलाई भित्र्याउन फ्रिजको पनि कम भूमिका छैन । यस्ता सामग्री जतिबेला प्रयोगमा थिएनन् मानिसहरु निरोगी थिए । अहिले आधुनिक जीवनशैली, खानपिन र कुकर, माइक्रो ओभनका कारण हर्टअट्याक, क्यान्सर, थाइराइड, सुगर, प्रेसरजस्ता अनगिन्ती रोग भित्रिएका छन् । हाम्रो परम्परागत ढलौट, तामा र फलामका भाँडाकुँडालाई जब सिलौटका भाँडाकुँडा, प्रेसरकुकर, राइसकुकर र माइक्रो ओभन, फ्रिजले विस्थापित गरेर आधुनिक सामग्री भित्रिएसँगै नयाँ रोग भित्रिए ।
नयाँ रोगबाट बच्न यस्ता सामग्रीको प्रयोगबाट पनि बच्नुपर्ने विषयलाई सबैले आत्मसात् गर्नुको विकल्प छैन । सुध्रनका लागि हामीले गल्तीबाट सिक्नुपर्छ । गल्तीबाट जसले सिक्दैन ऊ सुध्रँदैन । जो सुध्रँदैन ऊ स्वस्थ हुँदैन । भान्सा र जीवनशैली साथै वर्तमान स्वास्थ्य प्रतिकूलका गलत मूल्य, मान्यतालाई परिवर्तन गर्नुपर्छ । शारीरिक श्रम गर्ने हिजोको परम्परागत जीवनशैलीमा फर्कने कि धेरै रोगहरुको आश्रयस्थल शरीरलाई बनाउने यसको छनौट गर्नुपर्ने सम्वेदनशील अवस्थामा अहिले नेपाली समाज छ । हिजो हामी श्रम गथ्र्यौं ।
खाद्यान्न, फलफूल र तरकारीमा हामी आत्मनिर्भर थियौं । खेतीपातीमा विषादीको प्रयोग हुँदैनथ्यो । रैथाने खाद्यान्नहरु उत्पादन हुन्थे । पशुपालनबाट दूध, दही, मही आदि प्राप्त हुन्थ्यो । पशुपालनले कृषि कार्यलाई मल आपूर्तिको व्यवस्था हुन्थ्यो । अहिले आधुनिक बिउ, रसायनिक मल, विषादी आदिको बढ्दो प्रयोग र कृषिकर्मप्रतिको झुकाव र महत्वलाई हामीले चटक्कै बिर्सदा नै अहिले नयाँ रोगहरुको सिकार नेपाली समाज भएको छ । हाम्रो कृषिप्रतिको मान्यतालाई पुनःस्थापित गर्दै आधुनिक जीवनशैली, स्वास्थ्यका लागि प्रतिकूल हुने भाँडाकुँडा, आधुनिक तर स्वास्थ्य प्रतिकूल सामग्रीलाई विस्थापित गर्नुपर्ने अवस्थाको समीक्षा, मूल्यांकन, छलफल बहस, परिवर्तन अहिलेको बढ्दो रोगव्याधिको उत्तम विकल्प हो न कि आधुनिक अस्पताल र रोगलाई केही समय दबाउने औषधि नामका दबाईको आपूर्ति ।
भारतीयले औषधिलाई दबाई भन्छन् । वास्तवमा आधुनिक औषधिहरु औषधि नभएर दबाई हुन् । किनकि यिनीले रोगलाई केही समय दबाउँछन् र फेरि तिनै दबाईका कारण अन्य धेरै रोग उत्पत्ति हुनेभएकाले नयाँ रोगहरुको आगमन भएको हो । शरीरमा खानपिनको नकारात्मक प्रभाव परेको विषयमा सूक्ष्म अध्ययन गर्ने बानी बसाल्यौं भने दैनिक जीवनमा त्यसको स्पष्ट अनुभूति हुन्छ । अन्य अनावश्यक विषयमा समय खर्चन्छौं, तर आफ्नो शरीरको अवस्था, खानपिन, जीवनशैली र शरीरको प्रकृतिको विषयमा अध्ययन खोजजस्ता सर्वाधिक विषयमा समय खर्चंदैनौं ? स्वास्थ्यको महत्वलाई यदि हामीले आत्मसात गर्यौँ भने स्वास्थ्यसम्बन्धी अनुसन्धान र चिन्तनको यदि विकास भयो भने जनस्वास्थ्यको गुणस्तर र अवस्थामा सुधार हुन्छ । अधिकांश नागरिकहरुको जीवनशैली र दृष्टिकोणमा आउने परिवर्तनले मानव स्वास्थ्यमा धेरै परिवर्तन ल्याउँछ । धेरै मानिस निरोगी र स्वस्थ रहने अवस्थाले देशको उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । विकास र समृद्धिको पूर्वाधार स्वस्थ जनशक्ति हो ।
शरीर विज्ञानको सामान्यभन्दा सामान्य विषयमा हामीले ध्यान पुर्याउन सकेनौं भने विभिन्न प्रकारका रोगको सामना गर्नुपर्ने हुन्छ । रोग लागेर उपचार गर्ने कि रोग नै लाग्न नदिने भन्ने निर्णायक हामी आफैं हौं । रोग के के खाँदा र कसरी खाँदा लाग्छ ? के के कसरी खाँदा लाग्दैन भन्ने विषयमा विशेष ध्यान दिन सके धेरै प्रकारका रोगबाट बच्न सक्छौं । यो सामान्य विषयलाई जब बेवास्ता गर्छौं तब शरीरमा रोगको प्रवेश हुन्छ । हामी खान नपाएर रोगी भएका होइनौं । मुख्यकारण खान नजानेर हो । शरीरमा रोग प्रवेशको अनुमति दिने वा नदिने विषयको छिनोफानो प्राकृतिक जीवनशैली र गुणस्तरीय भोजन हो । हाम्रो भान्सा हो । हाम्रो खानपिनको शैली हो । परम्परागत भान्सा र आधुनिक किचेनको, जीवनशैलीको र हाम्रा मूल्य मान्यताका प्रभावले जनस्वास्थ्यलाई नकारात्मक प्रभाव परेको विषयलाई अब आत्मसात नगरिकन हाम्रो जनस्वास्थ्यको गुणस्तरमा सुधार किमार्थ सम्भव छैन । जनस्वास्थ्यको गुणस्तरलाई सुधार नगर्दा गलत जीवनशैलीको सिकार विश्व मानव भएको तीतो सत्यलाई सबैले आत्मसात गर्दै आफैंले आफैंलाई परिवर्तन गर्ने चुनौती साथै समयको माग र युगको चाहानालाई आत्मसात गर्नुको अर्को विकल्प छैन । विकासको र समृद्धिको पूर्वशर्त भनेको जनताको स्वास्थ्य हो । स्वस्थ नागरिक नै विकास र समृद्धिका आधार हुन् ।
भान्सा सुधारको अभियानलाई देश विकासको अभियानको पूर्वाधारका रूपमा स्वीकार गरेर आमनेपालीले सुधारको प्रयत्नलाई अविलम्ब व्यवहारमा उतार्नुपर्छ । हिजो हाम्रो भान्सामा ढलौटका कसौंडीमा भात पाक्थ्यो । वीरगञ्जे फलामको ताप्केमा दाल पक्थ्यो । किटको कराहीमा दूध र तरकारी पक्थ्यो । पानी माटोको गाग्रो वा तामाको गाग्रीमा राखिन्थ्यो । खाने थाल चरेसका हुन्थ्ये । पिर्कामा बसेर खानाखाने गरिन्थ्यो । बिहान बेलुकी गाईको गोबरले भान्सा लिप्ने पोत्ने गरिन्थ्यो । फेरि खाद्यान्न, तरकारी आदि रैथाने वस्तुमात्र प्रयोग गरिन्थ्यो । दूध, दही, मोही, घ्यू आदि रैथाने गाईको प्रयोग हुन्थ्यो । रैथाने भान्सा, रैथाने खाद्य वस्तुहरुको प्रयोगका कारण त्यसबखत रोग र रोगीहरुको संख्या कम थियो । अहिले परिस्थितिमात्रै होइन हाम्रो जीवनशैली र मूल्य मान्यता फेरिएको छ ।
भान्सा सुधारसँग प्रत्यक्ष सम्बन्धित विषय हो कृषि । हिजोको कृषि पद्धतिमा भएको परिवर्तन प्राकृतिक जीवनमा र जनस्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने विषय बने । कृषिको आधुनिकीकरणको नाममा रैथाने कृषि वस्तुको उत्पादन गर्न छोडेकाले पोषक तत्वको कमीको प्रभाव व्यहोर्नु पर्यो ।
भान्सा सुधारौं । स्वास्थ्य अवश्य सुघ्रन्छ । भान्सा सुधार्ने र जीवनशैली बदल्ने विषयवस्तुको सम्बन्ध प्राकृतिक चिकित्सासँग छ । हामी जतिजति प्रकृतिबाट टाढा हुन्छौं जति प्राकृतिक भोजन र प्राकृतिक जीवनशैलीलाई बेवास्ता गर्छौं त्यति रोगको सिकार हुने सम्भावना बढ्छ । हाम्रो भेटघाटमा हुने अन्तक्रिया, छलफल, व्याख्या, विश्लेषणको विषयवस्तु अहिले राजनीति, व्यापार, व्यवसाय आदिमा केन्द्रीकृत छ । हामीले अर्काको अध्ययन, विश्लेषण, व्याख्या गर्ने तर आफ्नो शरीरको प्रकृति, शारीरिक अवस्थाको अध्ययन, अनुसन्धानतर्फ ध्यान किन जाँदैन ? शरीरलाई स्वस्थ कसरी राख्ने ? के खाँदा र कसरी खाँदा शरीरलाई फाइदा हुन्छ ? कुनै पनि विषयलाई प्राप्त गर्न सो विषयलाई अध्ययन, अनुसन्धानमात्रै होइन ती विषय छलफलको, विश्लेषणको र समीक्षाको प्राथमिकतामा पर्नुपर्छ ।
किन हामी यो विषयमा चुकेका छौं ? समग्र स्वास्थ्य सुधारको प्रयत्न भान्सा र जीवनशैलीबाट सुरु हुनुपर्छ । हाम्रो भेटघाटपछि आरामै हुनुहुन्छ भन्ने विषयले हिजो प्राथमिकता पाएको थियो । सुस्वास्थ्य र दीर्घजीवन हिजो आशिर्वादका विषय थिए । हिजोको समाजले स्वास्थ्यलाई जीवनशैली बनाउने प्रयत्न गरेको थियोे । धर्म र परम्परा पनि स्वास्थ्यमैत्री भएको विषय हाम्रो एकादशी, औंसी, माघे संक्रान्ति, छठ, रोजाजस्ता चाडपर्वमा गरिने उपवासले प्रमाणित गरेका विषय हुन् । प्राकृतिक चिकित्सामा उपवास चिकित्सा अत्यन्तै प्रभावकारी र सफल चिकित्सा मानिन्छ । हिजोको उपवासको संस्कृतिले पनि मानिसलाई निरोगी हुन विशेष भूमिका खेलेको थियो भने आज हामी उपवास किन नबस्ने ?
भान्सा सुधारसँग प्रत्यक्ष सम्बन्धित विषय हो कृषि । हिजोको कृषि पद्धतिमा भएको परिवर्तन प्राकृतिक जीवनमा र जनस्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने विषय बने । कृषिको आधुनिकीकरणको नाममा रैथाने कृषि वस्तुको उत्पादन गर्न छोडेकाले पोषक तत्वको कमीको प्रभाव व्यहोर्नु पर्यो । आधुनिकताका नाममा स्वास्थ्य प्रतिकूल वस्तुहरुको प्रयोग र जीवनशैलीमा अब पुनर्विचार गर्दै परम्परागत भान्सा, जीवनशैली, प्रविधि र पद्धतिका सकारात्मक पक्षलाई आत्मसात गर्दै वर्तमानमा आधुनिक औषधिको भरमा निष्क्रिय र निरर्थक जीवन जिउने कि खानपिन, भाँडाकुँडा र जीवनशैलीमा परिवर्तन गरेर विनाऔषधि सक्रिय र सार्थक जीवन जिउने यसको छनौट र निर्णायक हामी नै हौं भन्ने विषयलाई व्यवहारबाट आत्मसात किन नगर्ने ?
भान्सा सुधारको अभियानले हामीलाई बिस्तारै निरोगी रहने गन्तव्यमा पुर्याउँछ । सरकारबाट नागरिकको स्वास्थ्य रक्षाको लागि सक्रिय सहजकर्ताको भूमिका निर्वाह भएन भने विकास र समृद्धि किमार्थ हुँदैन । तसर्थ भान्साको प्रत्यक्ष सम्बन्ध जनस्वास्थ्य, विकास र समृद्धिमा भएको विषयलाई राज्य र नागरिकले गम्भीरतापूर्वक आत्मसात गर्नुको कुनै विकल्प छैन । निर्धक्क भन्न सक्छौं सुधारौं भान्सा अवश्य सुध्रन्छ स्वास्थ्य । अनि किन सुध्रँदैन देश ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच