
इलाम । खानाका परिकारहरुको माध्यमबाट इलाममा पर्यटक भित्र्याउनका लागि इलाममा फुड फेस्टिभलको आयोजना गरिने भएको छ।
होटल व्यवसायी संघ इलामको आयोजनामा यही मंसिर ८ र ९ गते दुई दिन इलाम सदरमुकाममा आयोजना गर्न लागिएको हो।
इलाम सदरमुकाममा रहेको सिटि मार्टमा आयोजना गरिने प्रदर्शनीमा रैथाने खानाका १६ स्टल रहनेछन्। जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देवि पौडेलले जानकारी दिनुभयो।
इलामस्थित होटेल व्यवसायी संघको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकै लगायत रहने पर्यटन उपाध्यक्ष शारदा उप्रेतीले बताउनुभयो ।
यता होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईंले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न फेस्टिभलको आयोजना गरिएको बताउनुभयो। चापागाईंले फेस्टिबल साझमा सांस्कृतिक कार्यक्रमसमेत हुने जानकारी दिनुभयो ।
फेस्टिबलमा कोशी प्रदेशका १४ जिल्लाका आगन्तुक सहभागी हुने आशा आयोजकको छ। प्रदर्शनीमा आउनेले दर्जनौँ प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने साथै फर्केर जादा कोसेलीको रुपमा समेत लैजान सक्ने आयोजकले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच