
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आइतबार दिउँसो दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उहाँको पार्थिव शरीरमा छोराहरु निमेष र निशेषले दागबत्ती दिनुभयो । सोही बेला नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
आज बिहानको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत श्रद्धाञ्जलीका लागि पुग्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच