काठमाडौं । धातुका भाँडा सरसफाई गर्ने सामग्री उत्पाद गर्दै आएको ‘रुरु पिताम्बरी’को मातृ कम्पनी ‘पीथ्री पडक्ट’ले आफ्ना दुई नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
स्थापनाको १५औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा एक कार्यक्रमबीच कम्पनीले कम्पनीले किचेन क्लिनरको रूपमा ‘रुरु इज लिक्विड’ र धातुका भाँडा सरसफाइकै लागि प्लास्टिकको बट्टामा उपलब्ध हुने ‘रुरु रत्न’ सार्वजनिक गरेको हो ।
यसअघि कम्पनीले पाउचमा ‘रुरु पिताम्बरी’ उत्पादन गर्दै आइरहेको थियो । ‘रुरु रत्न’ रुरु पिताम्बरीकै अपग्रेडेट रूप भएको कम्पनीले जनाएको छ । विदेश निर्यात गर्ने उद्देश्यले प्लास्टिकको बट्टामा यसको उत्पादन थालिएको कम्पनीकी अध्यक्ष उर्मिला पाण्डेले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले १० सप्लायर्सलाई २५ तोला सुनसमेत वितरण गरेको थियो । कम्पनीले सबैभन्दा धेरै उत्पादन बिक्री गर्ने १० सप्लायर्सलाई सुन वितरण गरेको हो । ओमकार स्टोरकी लिला पाण्डेले सबैभन्दा धेरै उत्पादन बिक्री गरेर १३ तोला सुन पाउनुभयो । केएनपी सप्लायर्स र गरिमा इन्टरप्राइजेजले दुई–दुई तोला सुन उपहार पाउनुभयो ।
त्यसैगरी धनाक्ष स्टोर, तीन भाइ सप्लायर्स र वाई एण्ड बी डिजरजेन्ट प्रालिले साढे १ तोला सुन पाउँदा टण्डन इन्टरप्राइजेज, नुवाकोट स्टोर, धातु सप्लायर्स र ४ सुरज अधिकारीले समान एक(एक तोला सुन उपहार पाउनुभएको छ । त्यसअघि पी थ्री पडक्टकी अध्यक्ष पाण्डेले कम्पनी स्थापनाको अवस्थादेखि १५ वर्षसम्मको अनुभव सुनाउनुभएको थियो ।
यसैगरी कम्पनीले चालु आर्थिक वर्ष २०८१र८२ का लागि सप्लायर्सलाई प्रोत्साहित गर्न नयाँ योजनासमेत ल्याएको छ । ५ सय प्याकेट सामान बेच्नेलाई ६० हजार, एक हजार प्याकेटसम्मको लागि एक लाख ३० हजार, १५ सय सम्मका लागि दुई लाख रुपैयाँको पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
त्यसैगरी दुई हजार प्याकेटसम्म दुई लाख ९० हजार, तीन हजार प्याकेटसम्म चार लाख ९० हजार, चार हजार प्याकेटसम्म ६ लाख ५० हजार, पाँच हजार प्याकेटसम्म नौ लाख रुपैयाँ पुरस्कार दिइने छ।
यसका अलावा वार्षिक छ हजार प्याकेटसम्म १० लाख ८० हजार, सात हजार प्याकेटसम्म १२ लाख ६० हजार, आठ हजार प्याकेटसम्म १४ लाख ५० हजार, नौ हजार प्याकेटसम्म १६ लाख ३० हजार र १० हजार प्याकेटभन्द माथि २० लाख रुपैयाँको पुरस्कारको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा