काठमाडौं । आज (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न हुँदै छ । आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गर्न लागिएको हो । छठका व्रतालुले मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । सूर्योदय कालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा छ ।
छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल पनि बिहीबार गौरीघाटस्थित गुहृयेश्वरी मन्दिर परिसरमा पुग्नुभएको थियो । तराई मधेशसहित पहाडी भेगमा पनि पछिल्लो समय छठ पर्व मनाउनेहरूको संख्या बढ्दै गएको छ । यसअघिका राष्ट्रपतिहरू पनि छठ मनाउनका लागि गुहृयेश्वरी पुग्ने गरेका थिए ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व मंगलबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा