रुकुमबाट काठमाडौं छुटेको बस बागलुङमा दुर्घटना : २१ जना घाइते

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ४ बजेतिर रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दर्घटना हो । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक सुनिल चिलुवालले बताउनुभयो ।

ADVERTISEMENT

उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी निसीखोलाबाट टोली खटाइएको उहाँको भनाइ छ । घाइतेको पहिचान खुल्न बाँकी छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३० किमि र सदरमुकामबाट १ सय २० किमि पश्चिममा पर्छ । घटनामा थप उद्धारको काम भइरहेको चिलुवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?