काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बैठकमा प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाई हुनेछ ।
साथै बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्सालमाथिको सुनुवाई पनि हुने बताइएको छ । त्यस्तै बिहानस साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात वारे छलफल हुनेछ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा