
काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ का अवसरमा गत शुक्रबार सिन्धुपाल्चोकको चौतारास्थित श्रीकृष्ण रत्न माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब सयजना विद्यार्थीका लागि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्तालाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षमा जानकारी प्रदान गर्नु रहेको थियो । विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन(आइओएससिओ)द्वारा प्रवद्र्धन गरिएको विश्वव्यापी अभियान हो, जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रमा धितोपत्र नियामकहरूको विभिन्न पहललाई केन्द्रीकृत गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच