✍️ सुदन ज्ञवाली
नेपाली राजनीतिमा तुलनात्मक रूपमा पुरानो इतिहासमा फर्किँदा बलियो संगठन भएको मध्यम वर्गको प्रतिनिधित्व गर्ने निरन्तर परिवर्तनलाई पछ्याउने युवाहरूको पनि आकर्षण भएको पार्टी ओली नेतृत्वको एमाले पार्टी हो । पछिल्लो दुई तीन दशकमा सशस्त्र माओवादी धाराले खल्बल्याउन नसकेको एमालेको बर्चस्व र स्थानीय तहको संगठन नवीन लोकतान्त्रिक ढंगले आएको रास्वपाले हल्लाइदिने अनुमान हरू विधमान छन् । देश विदेशका निराश युवाहरूकै आकर्षण र तीव्र रूपान्तरणको चाहना राख्ने पार्टीको रूपमा रास्वपा जन्मनु आफैंविरुद्धको खाल्डो हो भन्ने बोध एमालेको उच्चदेखि स्थानीय तहसम्मको पार्टी पंक्तिलाई छ । गत चुनावमा एमालेका ठूला नेताहरूसँग स्वतन्त्र उम्मेदवारको टक्कर एवं विजय पराजय देखेको भोगेको, संगठनात्मक जीवनमा गाउँदेखि शहरसम्म स्वतन्त्र अभियानले थपिएको चुनौती एमालेको निम्ति भारी बन्दै गएको छ । एमाले पार्टी रास्वपासँग मात्र होइन बालेनसँग पनि संशकित छ र कसरी नियन्त्रणमा राख्ने भनेर कोसिस गरिरहेको छ ।
नेपाली राजनीतिक इतिहासमा नयाँ पार्टी निर्माणमा वामपन्थी कम्युनिष्ट पार्टी टुटफुट भएर नयाँ खुलिरहेकै थिए । जातीय क्षेत्रीय चरित्र बोकेका पार्टीहरू पनि नयाँ-नयाँ खुल्दै आएका छन् त गैरकम्युनिष्ट राष्ट्रिय चरित्र बोकेको राष्ट्रिय पार्टीको उदय भने भएकै थिएन । जसको सिधा असर कांग्र्रेस पार्टीलाई पर्ने नै भयो ।
उदार लोकतन्त्रको जगमै भाइ कांग्रेस या नयाँ कांग्रेसको उपमासहित रास्वपा उदाएको थियो । कांग्रेस पृष्ठभूमि कै नेताहरू रास्वपामार्फत राष्ट्रिय राजनीतिमा नयाँ ढंगले स्थापित हुँदै गर्दा राजनीतिक वैचारिक सांगाठानिक चुनौतीको रूपमा खडा भएको रास्वपा सिंगो कांग्र्रेस र मूलतः कांग्र्रेसको दोस्रो तहका नेताको निम्ति पेचिलो लडाइँ र चुनौतीको रूपमा रास्वपा अघि आएको थियो ।
उदार लोकतन्त्रको जगमै भाइ कांग्रेस या नयाँ कांग्रेसको उपमासहित रास्वपा उदाएको थियो । कांग्र्रेस पृष्ठभूमिकै नेताहरू रास्वपामार्फत राष्ट्रिय राजनीतिमा नयाँ ढंगले स्थापित हुँदै गर्दा राजनीतिक वैचारिक सांगाठानिक चुनौतीको रूपमा खडा भएको रास्वपा सिंगो कांग्रेस र मूलतः कांग्रेसको दोस्रो तहका नेताको निम्ति पेचिलो लडाइँ र चुनौतीको रूपमा रास्वपा अघि आएको थियो ।
पुडासिनी हुँदै नागरिकता पासपोर्ट काण्ड उठाएर नढलेको रास्वपा र रविलाई आर्थिक घोटलाजस्तो सहकारी काण्डमा फसाएर सकेसम्म थुनी रहने नभए चौतर्फी बदनाम गरि राजनीतिमा विकर्षण पैदा गर्ने रणनीतिमा कांग्र्रेस–एमाले छन् ।
प्रतिपक्षीमा रहेको माओवादी भने अहिले कांग्रेस एमाले सत्ता समीकरणबाट रन्थनिएको हुँदा प्रतिपक्षी मोर्चा बलियो बनाउन रास्वपासँग साथमा रहनु उसको निम्ति रहर र बाध्यता दुबै भएको छ ।
कांग्रेस-एमालेको पछिल्लो सत्ता समीकरण पनि प्रधानमन्त्री प्रचण्ड र माओवादीको लोकप्रियताको भयले होइन कि रविको प्रशासन सुधारको योजना र भ्रष्टाचारविरुद्धको लडाइँमा आफ्नै उपल्ला नजिकका नेताहरू फस्ने र सरकारको लोकप्रिय कामको जस नयाँ दलको रूपमा स्थापित रास्वपाले लिने भएका कारण समीकरण फेर्न बाध्यता आइलागेको हो ।
भर्खर जन्मिएर पलाउँदै गरेको, पत्रकारिताको लोकप्रियताबाट राजनीतिमा भर्खर उदाएको रास्वपा र रवि लामिछानेमाथि सत्ता शक्ति संगठन इतिहास र विरासत बोकेका कांग्रेस-एमाले माओवादी जस्ता दलहरू त आफ्नो बनिबनाउ राजनीतिक साम्राज्य भत्किने डरले विरोधमा उत्रनु र राजनीतिक स्वार्थको द्वन्द्वले शत्रुवत संघर्षमा उत्रनु स्वभाविक नै हो । तर, नवीन वैकल्पिक राजनीति गर्न भनेर पुराना दलहरूविरुद्धमा उठेका स्तम्भकार अभियान्तादेखि समूह अभियान र दलसमेत खुलेरै रवि र रास्वपा नाश गर्न किन उग्र छन् भन्ने कुरा सोचनीय छ ।
स्वतन्त्र उदाएका कारण राप्रपाको लोकप्रिय मत डाइभर्ट भयो जसको कारण राप्रपाका नेता कार्यकर्ता सुरुदेखि नै रविविरुद्ध छन् । उनीहरूलाई के थाहा छ भने रास्वपा नआएको भए अघिल्लो चुनावमा राप्रपाको संसदीय अन्कगणित आजको भन्दा ठूलो हुने थियो । वैकल्पिक राजनीति, नवीन राजनीतिको नाममा एक दशक समय खेरफालेका बाबुराम भट्टराईको नयाँ शक्तिदेखि विवेकशील, साझा नवीन राप्रपा सम्मका सवै तत्वहरू रास्वपाले छोटो समयमा प्राप्त गरेको सफलताको डाहा गर्दै गाली गलौजमा उत्रिएका देखिन्छन् ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेपालको लागि नेपाली, देवप्रकाश त्रिपाठीको राष्ट्रिय शक्ति नेपाल, पुण्य प्रसाईंको सचेत नेपाली पार्टी, स्वागत नेपालको नेपालका लागि नेपाली अभियान, स्तम्भकार लेखक पिपल्स फष्टका सम्योजक डम्बर खतिवडा सम्मका समूह अभियान र पार्टीले समेत पुराना पार्टीहरूको नकारात्मक सेन्टिमेन्टको राजनीतिक तथा चुनावी फाइदा रविको नेतृत्वमा रास्वपा एक्लैले बढारेकोमा चिन्तामा थिए । उनीहरूको आखामा आफू सैद्धान्तिक वैचारिक प्रष्टतासहित राजनीतिक सुझबुझपन बोकेर आउँदा पनि जनताले अभियान संगठन र कार्यक्रममा आफूलाई नपत्याएको भडास रवि र रास्वपामाथि नै पोख्ने गरेका छन् ।
रविको लोकप्रियताको जगमा खडा भएको पार्टीमा रविलाई कमजोर बनाउन सकियो भने रास्वपा कमजोर हुने र त्यसको फाइँदा आफ्ना अधुरा सपनाले लिने विश्वासमा उनीहरू छन् । कमजोर दल तथा अभियानमा संगठनात्मक आकार ग्रहण गर्न नसकी सकेको रास्वपा समर्थक सदस्यहरूको तरल जनमत तितरबितर भई आफूसँग गासिन आउने सपना बोकेर रास्वपा सभापति रवि लामिछानेमाथि पुराना दलका नेताहरूभन्दा माथि गएर निम्न स्तरको निर्मम लान्छना र आक्रमण तीव्र बनाइरहेका छन् ।
वैकल्पिक राजनीतिमार्फत नेपाली राजनीतिको मूल संस्थापकीय धारको नेतृत्व गर्न रास्वपाले विगतमा रूपान्तरणका लागि थालनी गरिएका वैकल्पिक राजनीतिका विविध धारालाई जिम्मेवारीपूर्वक केन्द्रीकृत गर्नेगरी आवश्यक ध्यान दिनसकेन । म नै सर्वेसर्वा म नै जान्ने सुन्नेजस्तो अहंकार कायम राख्यो । पुराना दलबाहेकका परिवर्तनकामी नयाँ अभियान नेतृत्व र दलसँग सामिप्यता देखाई ध्रुवीकृत गर्दै अघि बढ्न राजनीतिक व्यावहारिक परस्पर सम्बन्ध राख्न रास्वपा मूल नेतृत्वबाट भू्लमात्र भएन बरू सत्तास्वार्थ र राजनीतिक बाध्यताको उपज पुराना पार्टीसँगको बसाउठीमै रमाउने अवस्था सिर्जना भयो । यस प्रकारको एकांगी चिन्तनबाट आगामी दिनमा रास्वपालाई जोगाएर नवीन राजनीतिको गन्तव्य तर्फअघि बढाउन बृहत् राजनीतिक दृष्टिकोण र छाती फराकिलो पार्नु जरुरी हुन्छ ।
प्रतिशोधपूर्ण ढंगले नवीन राजनीति र यसका सम्भावनालाई निमोठ्नेगरी पुराना राजनीतिक शक्तिहरूले रास्वपा र मूल नेतृत्व रविमाथि मिडिया प्रशासन, सरकार मिलेर शक्तिको डण्डा वर्षाइरहेका छन् । सहकारीको सञ्चालक या सदस्य नै नभएको पात्रलाई सहकारी अपचलनको आरोप लगाउनु भनेको हात खुट्टा नै नभएको लाइसेन्स पनि नभएको मानिसलाई गाडी चालक हो भन्ने गराएर दुर्घटनाका लागि जिम्मेवार ठहर्याउनु जस्तो अमिल्दो र प्रतिशोधपूर्ण क्रियाकलापमा सरकार तल्लीन छ ।
वैकल्पिक राजनीतिप्रति रुझान् राख्ने नेतृत्व गर्ने नेता समूह र दलहरूले सापेक्षित गुण र दोषको आधारमा बहस गर्ने र सत्ताको आडमा भइरहेको षडयन्त्रविरुद्ध रास्वपा र रविको साथमा रहन सक्नुनै नवीन राजनीतिको हित हुनेछ ।
ध्यान दिनुपर्ने कुरा के हो भने सहकारीको पैसाको जिम्मेवार सहकारी सञ्चालक व्यावस्थापकबाहेक अरू हुनै सक्दैनन । अतः अध्यक्ष जीवी राई वा व्यावस्थापक प्रमुखले काटेको चेक डिपोजिट गर्न जाने कर्मचारी रोशनी गुरुङ हुन् या गोर्खा मिडियाका छोटो समयका बिजनेस पार्टनर रवि लामिछाने सोधखोज अनुसन्धानको दायरामा आउन सक्छन तर मूल दोषी जीवी राई र सहकारी सञ्चालक हुन् । रविको गल्ती सहकारी अपचलनमा होइन कम्पनीको शेयर हुँदाको बखत कम्पनी ऐन अनुसार लिनुपर्ने दायित्व र त्त् अनुसारको कारबाहीमा हुनुपर्दछ । फैसाला अदालतले गर्नेछ त्यतिन्जेल अनावश्यक आरोप निरर्थक हुन्छ ।
सहकारी बचतकर्ताले सहकारी सञ्चालकलाई जाहेरी नदिई मनलाग्दी जाहेरी दिने र प्रशासनले त्यसकै आधारमा आरोप लगाउँदै पक्राउ गर्ने र थुन्ने कुरा विधि पद्धति मर्यादित प्रशासनभित्र पर्दैन । एमालेका ऋषिकेश र कांग्र्रेसका धनराजलाई किटानी जाहेरी दिँदा एवं संसदीय छानविन समितिले समेत अनुसन्धानका लागि लेख्दासमेत उनीहरू पक्राउ नपर्नु तर पूर्वगृहमन्त्री रविले अनुसन्धानलाई सहयोग गर्छु भन्दाभन्दै पक्राउ गर्नु समान न्यायको सिद्धान्तविपरीत प्रतिशोधपूर्ण घटना हो । सुशासन युक्त व्यावस्था भनेको दोषी उम्कने र निर्दोष फस्न नदिनेमात्र होइन संग्दिध भन्दै दोष नभएको व्याक्तिलाई आरोप लाग्ने, पक्राउ गर्ने, दुःख कष्ट दिने र बदनाम भएपछि सफाइ दिने परिपार्टी अन्त्य गरिनुपर्छ ।
१२५ घण्टा थुनछेक गर्दा जम्मा पाँच घण्टामात्र बयान लिनु, प्रहरी प्रशासनलाई राजनीतिक दबाबमाराखी अनुसन्धान प्रभावित तुल्याउनु, चितवनलगायतका जिल्लामा भएका रवि समर्थकहरूको विरोध कार्यक्रम दबाउन उचित भूमिका पूरा नगरेको भन्दै जिल्लाका प्रहरी प्रमुख र सिडियोलाई सरुवा गर्नुजस्ता घटनाले राज्य प्रतिशोध र घृणित षड्यन्त्रमा उद्धृत छ भन्ने थाहा हुन्छ । वैकल्पिक राजनीतिप्रति रुझान राख्ने नेतृत्व गर्ने नेता समूह र दलहरूले सापेक्षित गुण र दोषको आधारमा बहस गर्ने र सत्ताको आडमा भइरहेको षडयन्त्रविरुद्ध रास्वपा र रविको साथमा रहन सक्नु नै नवीन राजनीतिको हित हुनेछ ।
देशमा खर्बौंका घोटाला गर्ने व्याक्तिहरू पुराना राजनीतिक दलको छायामा कारबाहीमै नआउने, संसदीय छानबिन समितिले नै किटान गरेको ८३ अर्ब रकम र त्यससँग प्रत्यक्ष जोडिएका पात्रहरूको कुरै नआउने तर संसदीय छानबिन विशेष समितिको रिपोर्ट र उक्त समितिका सभापतिका विरोधाभाष सार्वजनिक टिप्पणीहरूमा सहकारी अपचलनमा रवि लामिछानेको सम्लग्नता देखिएन भनेर सार्वजनिक रूपमा टिप्पणी आएका छन् । राज्य शक्तिको दुरुपयोग गर्दै प्रशासनको पूर्ण ध्यान रविको वरिपरि केन्द्रित गर्नुले सहकारी काण्ड सहकारी पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्नतर्फ प्रेरित छैन बरू वैकल्पिक नवीन राजनीतिको मुख्य केन्द्र रास्वपा र त्यसको सभापतिलाई तहस नहस पार्न प्रतिशोध र पूर्वाग्रहले प्रेरित राज्य आतंक हो भनेर सबैले बुझ्न खाशगरी नवीन राजनीतिको सम्बाहक बन्न विभिन्न कोणबाट कस्सिएका नेता अभियान्ताले बुझ्न जरुरी छ ।
पुराना ठूला दलबाहेक वैकल्पिक राजनीतिका नवीन सम्बाहकहरू अभियान्ताहरूले रास्वपाविरुद्ध होइन अहिले कांग्रेस-एमाले गठबन्धनविरुद्धको संघर्षलाई तीव्र पार्ने बेला हो । विचार एजेण्डा राजनीतिमा हुने प्रतिस्पर्धाका दौडान समयको गतिसँगै रास्वपाविरुद्धको मोर्चा खोल्ने बेला आएछ भने नयाँहरू एक आपसमा प्रतिस्पर्धात्मक ढंगले लडौला भिडौला तर निराश राजनीतिमा आशा जगाउँदै अघिबढेको वैकल्पिक नवीन राजनीतिको भविष्य धरापमा धकेल्ने गरी मुस्लिमविरुद्ध मुस्लिम जुधेजस्तै कम्युनिष्टविरुद्ध कम्युनिष्ट जुधेजस्तै वैकल्पिक नवीन राजनीतिविरुद्ध वैकल्पिक नवीन राजनीति जुधेर आशाका किरण सर्वनाश बनाउन छोडौं सर्वनाश हुनबाट जोगिऔं ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा