
ढाका । जुलाई-अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी संगठन ‘बंगलादेश छात्र लिग’लाई बंगलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले ‘आतंकवादविरोधी ऐन, २००९’ को धारा १८ को उप-धारा (१) मा प्रदान गरिएको शक्तिअन्तर्गत बंगलादेश अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बंगलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ ।
यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी-डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बंगलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामासहित पाँचबुँदा मागको घोषणा गरेको थियो ।
मागहरूमा अवामी लिगको विद्यार्थी संगठन बंगलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो । ‘बंगलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानासाही शासनकालमा, बंगलादेश अवामी लिगको भ्रातृ संगठन ‘बंगलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायत विभिन्न सार्वजनिक सुरक्षासम्बन्धी गतिविधिमा संलग्न रहेको छ’, बंगलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ ।
‘यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतंकवादी घटनामा संगठनका नेता एवं कार्यकर्ता फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्’, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच