
काठमाडौं । रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिवरि भन्ने नाराका साथ कात्तिक ८ गतेदेखि ललितपुरको जावलाखेल मैदानमा गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको हो ।
कात्तिक ११ गतेसम्म सञ्चालन हुने मेलामा ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र सेल्फी स्टल एक गरी ७५ प्रदर्शनी कक्ष रहने बताइएको छ । आयोजकका अनुसार प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । जसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेका गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहनेछन् ।
त्यसैगरी मेलामा सहभागी नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने भएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
मेलामा नेपालमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्रीवितरण हुने बताइएको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०५१ देखि पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच