
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताउनु भएको छ ।
सभापति रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्ने जस्ता घटना हुन थालेपछि कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विरोधको यो तरिकालाई रास्वपाले समर्थन नगर्ने बताउनु भएको हो ।
उहाँले यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुन नसक्ने बताउनु भयो ।
रवि पक्राउको प्रतिरोधमा काठमाडौैं र पोखरामा एकसाथ रास्वपा कार्यकर्ता सडकमा उत्रिएका छन् । रास्वपाले आज बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशनको थियो भने राजधानी काठमाडौंको माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरिएको थियो ।
सहकारी ठगीमा शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच