काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अङ्कले बढेको छ ।
दशैं बिदापछिको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको हो ।
दशैंपछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।
यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधवार १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज अपर स्यान्ज हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरूले सर्वाधिक घाटा खाएका छन् ।
त्यस्तै, कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड १५ करोड ९ लाख ५० हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा