हुम्ला । हिमाली जिल्ला हुम्लामा कार्यरत भएर विभिन्न कार्य सम्पादनमा उत्कृष्ट कार्य गर्दै आउनुभएका आठ जना प्रहरीलाई ६९ औं प्रहरी दिवसका अवसरमा पुरस्कृत गरिएको छ ।
अपराध अनुसन्धानमा कार्यरत रहि जिल्लाका विभिन्न स्थानमा घटेका घटनालाई अनुसन्धान गरी अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुभएका प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकी पुरस्कृत हुनुभएको हो ।
ययैगरी यस कार्यालयको प्रशासन तथा तालिम शाखामा कार्यतर कर्मचारीहरुको व्यक्तिगत अभिलेख राखी तालुक कार्यालयमा समयमै जाहेरी गर्नुभएका प्रहरी सहायक टिकाराम थापा, सवारी चालकका रुपमा जिल्ला आउने भिआइपी सुरक्षार्थ खटिइ राम्रो गर्नुभएका थमनसिंह घर्तिमगर, सिमकोट विमानस्थल सुरक्षा गार्डमा कार्यरत रहि यहाँ सुन सक्ने घटनालाई आफ्ना मातहतका प्रहरीलाई परिचालन गरी उत्कृष्ठ कार्य गर्नुभएका प्रहरी हवाल्दार युवराज बस्नेत, अपराध अनुसन्धान शाखामा अंग्रेजी लेखनमा उत्कृष्ठ कार्य गर्नुभएका प्रहरी सहायक हवाल्दार रविन विक, कार्यालयको सञ्चार शाखामा रहि जिल्लाका विभिन्न स्थानमा घटेका घटनालाई कार्यप्रमुखलाई तत्काल सूचना सम्प्रेषण गर्नुभएका प्रहरी सहायक हवाल्दार रघुनाथ मल्ल पुरस्कृत हुनु भएको हो ।
यस्तै जिन्सी सामानको दुरुस्त अभिलेख राख्नुभएका प्रहरी जवान विक्रम जिएम र यस कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत रहि हराएका बालबालिकाहरुको खोजतलास गरी सम्बन्धित व्यक्तिलाई बुझाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्नुभएका साथै पीडित महिलाहरुको गुनासो सम्बोधन कार्यमा सहयोगी कार्य गर्नुभएकी रुपा चौधरी पुरस्कृत हुनु भएको प्रहरी निरीक्षक सुरेश सुवेदीले बताउनुभयो ।
६९ औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीलाई समेत सिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम हुने प्रहरी नायव उपरिक्षक रविन्द्र खनालको टिमलाई रु पाँच हजार नगदसहित सिल्ड, मेडल प्रदान गरिएको हो । यसैगरी दोस्रो हुने प्रहरी सहायक सोभा गिरीको टिमलाई रु दुई हजार नगदसहित शिल्ड र मेडल प्रदान गरिएको छ । उक्त पुरस्कार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले हस्तान्तरण गनुएभएको थियो । ब्याडमिन्टन आयोजनामा पुरस्कार शिल्ड, मेडल र नगद प्रहरीले आफ्नो आन्तरिक कोषबाट प्रदान गरेको हाे ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आतिथ्यमा र प्रहरी नायव उपरिक्षक रविन्द्र खनालको अध्यक्षताका साथै सेनानी प्रतिकसिंह राठौरको विशेष आतिथ्यमा ६९ औं प्रहरी दिवस सम्पन्न भएको हो । प्रहरी दिवसमा सशस्त्र प्रहरी नावय उपरिक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, नेपाली कांग्रेस जिल्ला उपसभापति कैलाश भण्डारी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा, विभिन्न संघसस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच