
काठमाडौं । चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४ सम्पन्न भएको छ । समारोहमा लोकप्रिय अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रूपमा सम्मानित गर्दै अवार्ड सम्पन्न भएको हो । नेपाली चलचित्रका यी सफल अभिनेताले पाकिस्तानी चलचित्रमा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा यो सम्मान अर्पण गरिएको आयोजक संस्थाले जनाएको छ ।
चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौलासहितको व्यक्तित्वले अभिनेता श्रेष्ठलाई उक्त उपाधिद्वारा सम्मानित गर्नुभएको थियो । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाली सांगीतिक तथा मोडलिङ क्षेत्रका उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कृत गरिएको थियो ।
समारोहमा कोरियोग्राफर विवेक श्रेष्ठ, समाजसेवी सवित श्रेष्ठ, मोडल तथा निर्माता अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्युटिसीयन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल, गायक गणेश थापा, इभेन्ट अर्गनाइजर प्रतिक्षा कटुवाल, हिमालयन ब्रुअरीका प्रबन्ध निर्देशक श्यामबहादुर श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, इभेन्ट निर्देशक धीरज तण्डुकार, निर्देशक, लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, गायक आनन्द कार्की, रंगकर्मी वीरेन्द्र हमाललाई सम्मानित गरिएको थियो ।
यस्तै, समारोहमा विभिन्न सर्जकलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो । स्पेशल अवार्डतर्फ वेष्ट प्रोडक्सन मेनेजरको अवार्डबाट विशाल कार्की, वेष्ट मेकअप आर्टिष्ट (मेल)बाट मनोज लामा, वेष्ट मेकअप आर्टिष्ट (फिमेल)बाट सरिता मगर, इन्टरनेशनल उमन एचिभ्मेन्ट अवार्डबाट सन्तोषी कार्की (मिसेस नेपाल युनिभर्स-२०२४), वेष्ट फेसन डिजाइनर फर म्युजिक भिडियोबाट दिलमाया मगर, वेष्ट लिरिसिष्टबाट रिमा श्रेष्ठ, पपुलर म्युजिक भिडियो डाइरेक्टरबाट निकेश खड्का, मष्ट इन्स्पायरिङ म्युजिक भिडियो मोडलबाट सुजल बम तथा म्युजिक भिडियो क्वीनबाट रिमा विश्वकर्मा पुरस्कृत हुनुभएको थियो ।
त्यस्तै जुरी विधातर्फ राजेन्द्र बजगाईंले वेष्ट म्युजिक डाइरेक्टर, अञ्जन कुँवरले वेष्ट मोडल डेब्यु, उमेश खड्काले वेष्ट टिभी एक्टर, विजय राज भुर्तेलले वेष्ट म्युजिक भिडियो डाइरेक्टर (पप आधुनिक), अशोक विकेले वेष्ट म्युजिक भिडियो डाइरेक्टर (लोक दोहोरी) तथा सोनम पाख्रिनले वेष्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्नुभएको थियो ।
डेब्यु क्याटगोरीतर्फ दिप्शन चिलुवालले वेष्ट मोडल चाइल्ड (डेब्यू मेल), आश्रिया थापाले वेष्ट मोडल चाइल्ड (डेब्यू फिमेल), परिष्ना बास्तोलाले वेष्ट सिंगर चाइल्ड (फिमेल), ब्रमिम हमालले वेष्ट मोडल मेल (डायस्पोरा), प्रभा राईले वेष्ट सिंगर फिमेल (लोकदोहोरी), नम्रता खरेलले वेष्ट सिंगल फिमेल (पप आधुनिक) तथा मेग सुवेदीले वेष्ट मोडल मेल (डेब्यू)को अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो ।
इन्डिजिनियस क्याटागोरीतर्फ नइन्द्र लोहोरू (वेष्ट मोडल मेल), समिता गिरी (वेष्ट मोडल फिमेल), सेजिया पे लडे (वेष्ट म्युजिक भिडियो, भोजपुरी), राज टाइगर (बेसट मोडल मेल, फेष्टिभ सङ), नीना बुढाथोकी (वेष्ट मोडल फिमेल, फेष्टिभ सङ) पुरस्कृत हुनुभएको थियो ।
लोक दोहोरीतर्फ ध्रुव पुन (वेष्ट सिंगर मेल), पूर्णिमा सेन ठकुरी (वेष्ट सिंगर फिमेल), सामना शाह (वेष्ट लिरिसिष्ट), आयान्स राई (वेष्ट मोडल चाइल्ड), बाबुराम सुनार (वेष्ट मोडल मेल), अस्मिता पुरी (वेष्ट मोडल फिमेल) तथा उमेश गुरुङ (वेष्ट म्युजिक भिडियो डाइरेक्टर) बाट पुरस्कृत हुनुभएको थियो ।
पप आधुनिक विधातर्फ समीर राई (वेष्ट लिरिसिष्ट), सुमन राई (वेष्ट सिंगर), साक्षी लम्साल (वेष्ट मोडल) तथा गोपाल ढकाल (वेष्ट म्युजिक भिडियो डाइरेक्टर) उत्कृष्ट हुनुभयो । लोक आधुनिकतर्फ गोविन्द भट्टले वेष्ट लिरिसिष्ट, सरिता भारतीले वेष्ट सिंगर, प्रशान्त मगरले वेष्ट कोरियोग्राफर, सपना जनकले वेष्ट मोडल फिमेल (आधुनिक), सेञ्जल पौडेलले वेष्ट मोडल फिमेल (लोक आधुनिक) तथा केशव कोइरालाले वेष्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्न सफल हुनुभएको थियो ।
समारोहमा उत्कृष्ट विधातर्फ विमला हमाल श्रेष्ठले वेष्ट सिंगर (डायास्पोरा), दिपक तिरुवाले वेष्ट म्युजिक डाइरेक्टर, प्रचण्ड बाबु राईले वेष्ट सिंगर मेल, सञ्जना श्रेष्ठले वेष्ट सिंगर फिमेल, अनुप डंगोलले वेष्ट कोरियोग्राफर, दिनेश पराजुलीले वेष्ट सिनेमेटोग्राफर, विकास दाहालले वेष्ट एडिटर, प्रिज्योल भण्डारीले वेष्ट एक्टर (टिभी वेब सिरिज), सञ्जित भण्डारीले वेष्ट मोडल (मेल), प्रनिमा दाहालले वेष्ट मोडल फिमेल, शिशिर खातीले वेष्ट म्युजिक भिडियो डाइरेक्टर तथा जानी न जानीले वेष्ट म्युजिक भिडियोको अवार्ड जित्न सफल भएको छ ।
प्रतियोगिताको निर्णायकमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, निर्देशक÷छायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच