
काठमाडौं । केएल दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन भव्य कार्यक्रमबीच ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ । उक्त सम्मान भारतको लोकसभाका सभामुख ओम बिरलाले प्रदान गर्नुभएको थियो । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एकमात्र नेपाली व्यक्तित्व हुनुहुन्छ ।
सो अवसरमा प्रधानन्यायाधीश धनञ्जय चन्द्रचुडलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेषगरी जैन समुदायभित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ । सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच