काठमाडौं । ग्लोबल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद्’ अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद्’ नामक अभियानको घोषणा गरिएको हो । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहबीच पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो ।
यस अभियानको मिसन युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउनु रहेको छ । सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध, सूचित, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवद्र्धन गर्नु यसको ध्येय हो । युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई वर्षसम्म तयारीका रूपमा चल्ने यस अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास, र उनीहरूको राजनीतिक तथा सामाजिक जागरुकतामामहत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले नेपालका १६५ निर्वाचन क्षेत्रबाट एक/एकजना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ । यस प्रक्रियाअन्तर्गत आगामी २०८२ साल वैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ । कार्यक्रममा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले देशमा मनपरी तन्त्र भएको र खुलेआम व्यापक भ्रष्टाचार मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो ? अब युवाले नेतृत्व लिनुपर्दछ । तर सबै युवालाई प्रलोभन बाढ्न आउछन्, होशियार रहनुहोला ।’
कार्यक्रममा अभियान्ता एवं नागरिक समूहका संस्थापक अध्यक्षसमेत रहनुभएका निगम हुमागार्इं, युवा अभियान्ताहरू केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा.निकोलश भुसाल, वरिष्ठ अधिवक्ता रमण कर्ण, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा.राम्जी रामलगायतका युवाहरूले राष्ट्रिय युवा संसद् घोषणाले देश तथा विदेशमा रहेका युवाहरूलाई एकठाउँमा जोडेर देश र देशव्यापीका लागि केही नयाँ गर्ने प्रतिबद्वता जनाउनुभयो । सन् २०१२ सालमा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा