
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले हालसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेडको डेलिभरी काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरेको छ । नाडा अटो शोबाट एनएस ४०० जेड बुकिङ गर्ने ग्राहकलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालसम्मकै ठूलो पल्सर, एनएस ४०० जेडले शक्ति, प्रविधि र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउनेछ, जसले नेपाली बाइकप्रेमीलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्नेछ । बजाज पल्सर एनएस ४०० जेडलाई ३७३ सिसीको सिंगल-सिलिण्डर, लिक्विड-कुल्ड इञ्जिनले शक्ति दिन्छ, जसले ३९.४ बिएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ ।
ग्राण्ड कार्निभल- द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एनएस ४०० जेडको डेलिभरी समारोहका क्रममा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो, ‘हामी नेपाली बजारमा हालसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुसी छौँ । नेपालका विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैँ र तिहारबीचमा माग पूरा गर्नेछौँ ।’
बाइकमा रोड, रेन, स्पोर्ट र अफ-रोड गरी चारवटा राइडिङ मोडका साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस रहेका छन् । साथै ब्लुटुथ कनेक्सन सुविधासमेत रहेको छ । सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेडको मूल्य नेपालमा पाँच लाख ५९ हजार नौ सय रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच