काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बिमा शुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य दुर्ई सय २५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले क्लब सदस्यता वितरणका साथै प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले गण्डकीबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले अभिकर्तामैत्री स्किम ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र नेपालभरबाट दुई हजारभन्दा बढी अभिकर्ता छनोट हुन सफल भएको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा