त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

गोरखा । अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।

गोरखा र धादिङ्ग तथा गोरखा-चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले आज बिहान गोरखाको सहिद लखन गाउँपालिका-४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उहाँले बताउनुभयो । बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।

ADVERTISEMENT

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ । बाढीका कारण गोरखाको सहिद लखन-३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका-७ धवादीघाट र धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका-६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको उहाँले बताउनुभयो । उक्त झोलुङ्गे पुल गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो ।

सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?