
काठमाडौं । आक्र्स फुडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकिज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आँटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज उपभोक्ताको स्वाद र स्वास्थ्य ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले भन्नुभयो, ‘हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत् एक ठूलो कदम चालेका छौँ, अहिलेका उपभोक्ता आफ्नो खानाबारेमा सचेत छन् र उनीहरू स्वस्थ विकल्प खोजिरहेका छन् भने यस मागलाई पूर्ति गर्न हामीले बजार अध्ययनपछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौँ ।’
कोदो आफैंमा अत्यन्त पौष्टिक खाद्यान्न भएकाले कोदोमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र एन्टिअक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ । जसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ । कम्पनीले अन्तर्राष्ट्रियस्तरमा पनि बिस्कुट पुर्याउने तयारी गरिरहेको जनाएको छ ।
हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आक्र्स फुडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । कम्पनीका अनुसार आक्र्स फुडका कोदोका बिस्कुट र कुकिज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्ममा उपलब्ध छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी स्टक क्लियरेन्स मेलामा पनि कोदोका बिस्कुट र कुकिजको प्रवद्र्धनका लागि ‘फ्री टेस्टिङ’ साथै दुर्ईवटा किन्दा एउटा निःशुल्क दिने अफर रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच