काठमाडौं । एनएमबी बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई नगदसहित सम्मान गरेको छ । उहाँको अभूतपूर्व उपलब्धिको सम्मानमा बैंकले नगद पाँच लाख १ हजार र प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।
पलेशाको प्रतिनिधित्व गरी उहाँका अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबी बैंकको विशेष समारोहमा गोवद्र्धन र उहाँका प्रशिक्षकलाई सम्मानस्वरूप नगद हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा