काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले अन्तरबैंक फुटसल टुर्नामेन्ट गर्ने भएको छ । असोज ३ गतेदेखि ५ गतेसम्म संविधान दिवसका अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच हुने टुर्नामेन्टमा महिलातर्फ २३ र पुरूषतर्फ ३७ गरी जम्मा ६० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
टुर्नामेन्टमा राष्ट्र बैंकसहित १९ वाणिज्य बैंक, १० विकास बैंक तथा छ वित्त कम्पनी एवं आयोजक टोली सहभागी हुनेछन् । महिला तथा पुरुषतर्फका विजेता टोलीले एक लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुषतर्फको उपाधि रक्षाका लागि एनआइसी एसिया बैंक तथा महिलातर्फको उपाधि रक्षाका लागि ग्लोबल आइएमई बैंकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा