
काठमाडौं । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोल साथ आएको छ ।
नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । जसमा ट्रिपल स्पार्क फोर भल्भ इञ्जिन उपलब्ध रहेकाले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ ।
नयाँ बाइकमा छ स्पिड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ । बाइकको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल कन्सोल हो, जसमा टर्न-बाइ-टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट र इन्धन खपतको डेटा रहेको छ । अपसाइड-डाउन फ्रन्ट फोक्र्स र डुअल-च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्छ ।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौँ । कम्पनीका अनुसार एनएस २०० पहिले नै नेपाली राइडरहरूको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधि अँगाल्दै पूर्ण डिजिटल कन्सोलसहितको बजाज पल्सर एनएस २०० भित्र्याएका हौँ ।’ नयाँ बजाज पल्सर एनएस २०० को मूल्य चार लाख ४४ हजार नौ सय रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच