
काठमाडौं । टाटाको पञ्च इभी एकैपटक चार शहर चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयुभी पञ्च इभी चारवटै शहरमा एकै दिन औपचारिकरूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापतीको पनि सहभागिता थियो । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सिओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो भने चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको सहभागिता थियोे ।
पोखरामा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पञ्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताउनुभयो भने भैरहवा-बुटवलको कार्यक्रममा कम्पनीका सिओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । कम्पनीका अनुसार टाटा पञ्च इभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पञ्च इभीको उक्त भेरियन्टमा भ्वाइस एसिस्टेड सनरूफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, छवटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । गाडीको ग्राउण्ड क्लियरेन्स १९० मिमि रहेको छ भने विएनक्यापमा फाइभस्टार सेफ्टी रेटिङ पाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच