✍️ कपिल अर्याल
नेपाली समाज बौद्धिक चिन्तनको सबालमा अत्यन्तै कमजोर र निरिह सावित भएको छ । लोकरिझाई र लोकप्रियताप्रति आकर्षित बौद्धिक र नागरिक समाज उपर आमजनसमुदायको घोर आपत्ति छ । बौद्धिकता आफैंमा चेतनशील मनोविज्ञान हो जो विशेष चेतनयुक्त मानिसमा अन्तरनिहित हुन्छ । यसको मनोवैज्ञानिक प्रष्पोटन अथवा सामाजिक प्रयोग नै बौद्धिकताको स्तर मापन हो । तर, बौद्धिक र नागरिक समाजको सामाजिक उपस्थिति देख्दा नेपाली समाजले कुनै बौद्धिक अवतार खोजिरहेको भान हुन्छ । सञ्जाल होस् वा सञ्चार क्षेत्र जताततै ‘पोर्न मनोविज्ञान’ हावी भएको छ । यो पोर्न मनोविज्ञानले समाजमात्र होइन देशालाई नै संकटतर्फ धकेलिरहेको छ ।
नेपालको अवस्था दिनप्रतिदिन बिग्रँदो छ । विद्वत, प्राज्ञिक, बौद्धिक जगतले देशको चिन्ता नलिए कसले लिने ? नागरिकहरूको प्रतिनिधित्वमूलक संस्था नागरिक समाज जिम्बेवार नभए कसले तमाम परिस्थितिको सामना गर्ने ? १४औं १५औं शताब्दीतिर इटलीमा रेनेसा पियरडमा भएको आन्दोलन जस्तै मुलुकका विद्यमान समस्या हल गर्न बौद्धिक तथा नागरिक समाज एक हुनुपर्दछ ।
समयको परिवर्तनसँगै ‘मास मेडिया र सञ्चार’ जगतले ठूलै फड्को मार्यो यसै परिवर्तनलाई अभिव्यक्ति स्वतन्त्रताको हतियार बनाएर उदण्ड, उग्र र अस्लील चरित्र लोकप्रियताका लागि सामाजिक सञ्जाल र विद्युतीय माध्यममा छरपष्ट देखिन थाले । यसको नियमक निकाय निरिह र मौन देखियो जसका कारण आपराधिक गतिविधिले प्रश्रय पायो । कुरा केवल सरकार वा राज्यको मात्र रहेन सिभिलीयन र बौद्धिक वर्ग को महत्वपूर्ण भूमिका रहने गर्दछ । तर, यसमा बौद्धिक समाज र नागरिक समाज मौन रहे जसले गर्दा सामाजिक र राजनीतिक बृत्तमा ‘पोर्न मनोविज्ञान’ हावी हुन पुग्यो । बौद्धिक र नागरिक समाजको भूमिका वाच डगको रूपमा रहने, विकृति र विसंगतिका विरुद्ध खबरदारी गर्ने, भूइँमान्छेहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याई सामाजिक न्याय प्रदान गर्नु हो तर नेपाली समाजमा बौद्धिक र नागरिक समाजको भूमिका अवाञ्छित महोत्वकांक्षा प्राप्तिको सिडी बन्न पुग्यो ।
१४औं १५औं शताब्दीतिर ईटलीमा भएको रेनेसा पियरडमा बौद्धिक जगतको महत्वपूर्ण योगदानले बौद्धिक क्रान्तिको विकासक्रममा नयाँ जग स्थापित गर्यो । त्यसैको सिकोमा फ्रेन्च क्रान्ति, औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, भारतीय स्वतन्त्रता संग्रामलगायत क्रान्तिहरूमा बौद्धिक र नागरिक समाजको उल्लेखनीय योगदान रहृयो । नेपालमा पनि बहुदलीय व्यवस्थापश्चात नागरिक समाजको उपस्थितिलाई सकारात्मक रूपमा हेर्ने गरेको पाइन्थ्यो । अझै २०६२/०६३ तिरको आन्दोलनमा नागरिक समाजले खेलेको स्वतन्त्र र निष्पक्ष भूमिका सराहना गर्न लायक छ । ज्ञानवद्र्धन र चेतना अभिृद्धिका लागि बुद्धिजीवीहरूको योगदान इतिहासका पानाहरूमा अभिलेखित छ ।
स्वर्णिम अक्षरले लेखिएका ती इतिहासका विरासत आज किन मौन भइरहेका छन् यो जलन्त प्रश्नको उत्तर आज मुलुकले खोजिरहेको छ ।
नेपालको अवस्था दिनप्रतिदिन बिग्रँदो छ । विद्वत्, प्राज्ञिक, बौद्धिक जगतले देशको चिन्ता नलिए कसले लिने । नागरिकहरूको प्रतिनिधित्वमूलक संस्था नागरिक समाज जिम्बेवार नभए कसले तमाम परिस्थितिको सामना गर्ने त्यसैले पनि १४औं १५औं शताब्दीतिर ईटलीमा भएको रेनेसा पियरडमा भएको आन्दोलन जस्तै मुलुकका विद्यमान समस्या हल गर्न बौद्धिक तथा नागरिक समाज एक हुनुपर्दछ ।
भ्रष्टचार र कुशासनविरुद्धमा खुलेरै कलम चलाउन आवश्यक छ । मास मिडिया र जर्नालिष्ट क्षेत्रमा कार्यरत पत्रकार दलको छातामुनि होइन देशको छातामुनि बसेर सही सूचना सम्प्रेषण गर्दै देश निर्माणको अभियानमा जुट्न आवश्यक छ । उत्तेजना र पोर्न मनोविज्ञानमा रमिरहेका विलासी नागरिक सामाजिक सञ्जालमा देश निर्माणका सकारात्मक र रचनात्मक विचार विमर्षमा केन्द्रित हुन जरुरी छ ।
नागरिक आर्थिक, सामाजिक र राजनीतिक रूपमा पीडाबोध गरिरहेका छन् । आर्थिक संकट र बेरोजगारीताले बिचलित भएर युवा पुस्ता पलाएन भएका छन् । नेतृत्वको जहानिया साशन हावी हुँदै गइरहेको छ । झण्डै ७० वर्षको इतिहासमा आठ दश जोर नेताको अनुहारबाहेक नेपाली जनताले सत्ता मा अर्को अनुहार देख्न पाएका छैनन् । निर्वाचित सांसद वा मन्त्री देशलाई थाती राखी दलको चाकडीमा लिप्त छ । दल संगठित अपराधका कुख्यात व्यक्तिमा निर्भर छ । यस्तो अवस्थामा देशले कसरी प्रगतितर्फ उन्मुख हुनसक्छ यो गहिरो चिन्तनको विषय बनेको छ ।
यो भयाभह अवस्थामा बौद्धिक वर्ग र नागरिक समाज एक ठाउँमा उभिएर सुशासन र समृद्धिका पक्षमा नेतृत्वलाई जिम्वेवार र जवाफदेही बनाउन खबरदारी गर्न आबश्यक छ । भ्रष्टचार र कुशासनको विरुद्धमा खुलेरै कलम चलाउन आवश्यक छ । मास मेडिया र जर्नालिष्ट क्षेत्रमा कार्यरत पत्रकारहरू अब दलको छाता मुनि होइन देशको छाता मुनि बसेर सही सूचना सम्प्रेषण गर्दे देश निर्माणको अभियानमा जुट्न आवश्यक छ । उत्तेजना र पोर्न मनोविज्ञानमा रमिरहेका बिलासी नागरिकहरू सामाजिक सञ्जालमा देश निर्माणका सकारात्मक र रचनात्मक विचार विमर्षमा केन्द्रित हुन जरुरी छ । नेतृत्व लोकरिझाई र लोकप्रियतामा अल्झिनु भएन बरू लामो समयदेखि चलेको एकले अर्कालाई सिध्याउने खेलबाट बाहिर निस्की विधिद्वारा साशित उन्नत व्यवस्थाका लागि सुदृढीकरण गर्न तमतयार हुनुपर्दछ । अतः दलको अवस्था बदल्न कार्यकर्ता आवश्यक पर्लान तर देश बदल्न बौद्धिक र नागरिक समाजको भूमिका आवश्यक पर्दछ । सबै एकजुट भई देशको समुन्नतिका पक्षमा गृहकार्य गरौं समाज र देश आफैं बदलिनेछ । भवतु सव् मंगलम् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा