अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली 

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताउनुभएको हो । उहाँले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताउनु भयो ।

उहाँले सरकारबाट दिने सेवाहरु उत्साहका साथ दिइने पनि प्रतिवद्धता जनाउनु भयो । उहाँले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताउनु भयो । प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताउनु भयो । उहाँले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरु आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन भन्ने म ठान्छु । किनभने तपाईंहले बैंकबाट लोन प्राप्त गर्न, अरु कुराहरुको लागि सरकारको सेवा प्राप्त गर्न, तपाईंहरुले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरु र तपाईंहरुलाई सरकारको तर्फबाट कुनै कार्यालयले पुर्‍याउनुपर्ने सेवा र त्यस सन्दर्भमा सरकारको तर्फबाट अत्यन्तै उत्सुकता र उत्साहका साथ सेवा पुर्‍याउने काम हुनेछ । हामीले सेवाको तरिकालाई अलिकति परिवर्तन गरेका छौँ । पहिलाको तरिका भन्दा, फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन् । फाइल फटाफट सर्छ । अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, की एक ठाउँबाट शुरु भएको फाइल त्यो प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ की कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ । त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ । त्यस फाइल ट्रयाकिङ सिस्टमले साधारण हिसावले हामीले क्युआर कोर्ड राखिदिएका छौँ, त्यो क्युआर कोर्ड ट्रयाकिङ प्रधानमन्त्री कार्यालयले गर्नसक्छ । कहाँनेर छ, त्यो फाइल भनेर ट्रयाकिङ गर्छ । त्यहाँबाट किन अल्झियो, किन घर्रामा यति समय बस्यो भनेर भरसक फाइलहरु टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् । घर्रामा फाइलहरुको बास नहोस्, त्यस ढंगले हामीले काम गर्न खोजिरहेका छौँ । त्यसअनुसारको प्रवन्ध गरिरहेका छौँ । छिटो छरितो ढंगले तपाईंहरुले सरकारी सेवा पाउनु हुनेछ । डिजिटल नेपालको फ्रेमवर्कलाई अझ परिमार्जित गरी परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पनाका लागि त्यसलाई पूरा गर्न डिजिटल नेपाल फ्रेमवर्क । अब परिमार्जित डिजिटल फ्रेमवर्कमा हामी जाँदैछौँ । सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन । काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन । कतै भन्सुन गर्न जानुपर्ने छैन । त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भन्सुन गर्न जानु नपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?