
काठमाडौं । वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । पाण्डेको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । गत भदौ १३ गते बाराको डुमरवानास्थित आफ्नै घरमा बिरामी भएपछि उहाँलाई वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भोलिपल्टै त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।
स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि उहाँलाई भदौ १५ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो । धादिङ नौबिसे मूल घर हुनुभएका पत्रकार पाण्डे चार दशकभन्दा लामो समयदेखि वीरगञ्जमा पत्रकारिता गर्दै आउनुभएको थियो । पााण्डे वीरगञ्जबाट प्रकाशित हुने उत्थान साप्ताहिकका सम्पादक हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघ पर्साका सचिव पनि रहिसक्नुभएको थियो ।
पत्रकार पाण्डेकी पत्नी बिन्दु पाण्डेको यसअघि नै निधन भइसकेको छ । उहाँका एकजना छोरा माओवादी द्वन्द्वमा मारिनुभएको थियो । पाण्डेका एक छोरा र छोरी हुनुहुन्छ । उहाँको निधनमा हिमालय टाइम्स परिवार हार्दिक श्रञ्द्धाजलि अपर्ण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच