बाढी पहिरोमा परि १८ जनाको मृत्यु, २२ घाइते

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई महिनामा बाढी पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढी पहिरोमा परि १० जना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।

यस वर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । पहिरोमा परि २२ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते मध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एक जना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउनुहुन्छ । बाढी पहिरोमा परि २२ वटा पशुचौपाया मरेको उहाँको भनाइ छ । बडिगाड गाउँपालिका-१० का ११ वर्षीय बालक अझै वेपत्ता रहेको पौडेलले बताउनुभयो ।

बागलुङ असार १५ गतेदेखि बाढी पहिरोले क्षति पुर्‍याउन थालेको थियो । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब डेढ सय घर परिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्ण रुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।

ADVERTISEMENT

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बाढी पहिरोबाट यस वर्ष बडिगाडले ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । बाढी पहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उहाँको भनाइ छ । पालिकाको स्रोत साधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उहाँ बताउनुहुन्छ । बाढी र पहिरोले वडा नम्बर १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो - “यस वर्ष हामीहरुले कल्पनानै नगरेको घटना भयो, बाढी पहिरो अप्रत्यसित ठाउँमा गयो, यसले सिंगो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिलाई सजक हुन आग्रह गरेका छौँ, बाढी पहिरोले धेरैलाई घरबार विहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरुले सक्दो मलम लगाउने कोशिस गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?