
काठमाडौं । विगत केही दिनदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार मंगलबार पनि १३.०९ अंकले घटेको छ । सोमबार ५५.८६ अंकले घटेको थियो । गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको नेप्से परिसूचक यस साता कारोबारको पहिलो दिन आइतबार २५.४६ अंकले घटेको थियो ।
मंगलबार नेप्सेमा कारोबार भएका ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको घटेको छ । आठ कम्पनीको स्थिर रहेको छ । नेप्सेसँग कारोबार रकमसमेत घटेर सात अर्बमा सीमित हुन पुगेको छ । सोमबार नौ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको हो । होटल तथा पर्यटन क्षेत्रको सूचक स्थिर छ भने व्यापार समूह ०.७९ प्रतिशत बढेको छ ।
अन्य सबै सूचकहरू घटेका छन् । आज बैंकिङ ०.११, विकास बैंक ०.६९, फाइनान्स ०.९९, हाइड्रोपावर ०.७१, लगानी ०.५३, जीवन बिमा ०.७६, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.९१, निर्जीवन बिमा ०.४०, अन्य ०.४४ प्रतिशत घटेका छन् ।
यस दिन मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एचआइडिसिएलको संस्थापक सेयर २९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच