
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसद्बाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताउनुभयो । ‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रूप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसद्मा पेस गरेको अलिक समय भयो होला । तर, अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ नि, अब समय आएको छ’, उहाँले भन्नुभयो ।
अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले ऐन कानुन बनाउनका लागि संसद्मा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुईवटा पार्टीको सरकार छ । दुईवटा रेसपोन्सिबल पार्टीहरूको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरूको नै सरकार छ । त्यसो भएर त्यति अप्ठ्यारो छैन संख्याको हिसाबले’ उहाँले भन्नुभयो । तर, आफूहरू बहुमतको बलमा मात्र पारित गर्ने नभई सकेसम्म सहमति गर्ने पक्षमा रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
ओलीले कर्मचारी प्रयोग नभई नेताहरूले भ्रष्टाचार गर्न नसक्ने भएकाले कतै प्रयोग नहुन कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो । ‘तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने पुनः दोहो¥याउनुभयो । नेपाललाई हरतरहले समृद्ध बनाउन सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । ‘भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्,’ कर्मचारीहरूलाई प्रधानमन्त्री ओलीले थप नर्देशन दिँदै भन्नुभयो ।
उहाँले राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरूको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताउनुभयो । उहाँले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले अधिकार छ भन्दैमा दुई चारजना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने धारणा राख्नुभयो । ‘अहिले नियोजित रूपमा अराजकता सृजना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकैपटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताउनुभयो ।
हिंसाको महिमागान नगर्न चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिनुभएको छ । २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्ध महान् थियो भने किन त्यो बाटो छाडेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयोे, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरूले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान् थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? महान् जनयुद्ध नै थियो भने त सफल पार्नुपथ्र्यो जनयुद्ध हो भने त्यो फेल हुँदैन ।
जनआन्दोलन हो भनेपनि फेल हुँदैन ।’ जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरू प्रकारका रहरहरू लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिए त्यो सही नीति भएनछ अगाडि बढ्नको लागि बदलियो । सही भएन त बदल्नुपर्छ । त्यसैले अरूले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपथ्र्यो । बदल्यौँ । हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान् थियो, महान् हिंसाले ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच