
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजकै दिन सुनले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च हुँदै एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको हो । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि १३ सयले नै बढेर एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको छ । चाँदी ३० रुपैयाँले बढेर प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको छ । विगत केही समययता सुनको मूल्य निरन्तर बढ्दोक्रममा रहेको छ । निकट भविष्यमै मूल्य दुई लाख पुग्ने सुनचाँदी व्यवसायीको आँकलन छ । महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्य आगामी छ महिनाभित्र सुनको भाउ दुई लाखसम्म पुग्ने बताउनुहुन्छ ।
शाक्यका अनुसार सुनको भाउ नेपालीको क्रयशक्तिभन्दा बाहिर गइरहेको छ । जसको मुख्य कारण सरकारले लागू गरेको २० प्रतिशतको भन्सारदर हो । २० प्रतिशत भन्सारले प्रतितोला २५ हजार भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार हुनुपर्नेमा नेपालमा हृवात्तै बढेको हो । त्यसो त सुनको मूल्य विश्व बजारमै बढिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच