
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधबार अर्याललाई बधाई तथा शुभकामना दिँदै सिएनआईले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।
एनआई अध्यक्ष राजेशकुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताउनुभयो । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको भन्दै उहाँले समग्र अर्थतन्त्रको विकासका लागि बजेटको प्रभावकारी कार्यान्वयन एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
सिएनआई पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक हुने बताउनुभयो ।
पछिल्लोपटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अघि बढ्ने बताउनुभयो । आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गरेको उहाँको दाबी थियो । सो अवसरमा सिएनआई उपाध्यक्षद्वय वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतको पनि सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच