काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वडाध्यक्ष तेली र वडा सदस्य नरेशप्रसाद बढईसहित १७ जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले गैर–नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको आरोप अख्तियारले लगाएको छ ।
तत्कालीन वडाध्यक्ष तेलीले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनेर प्रमाणित गराएको अभियोगपत्रमा उल्लेख छ ।
‘तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनेर मुचुल्का तयार पारेर सिफारिस गरी प्रमाणित गरेको पाइएको छ,’ अख्तियारले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन वडा सदस्य नरेशप्रसाद बढई सर्जमिन मुचुल्काको रोहवरमा बसेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।’
गलत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृजभूषणनाथ योगी, नारद कुर्मी, कपिलदेव कुर्मी, राधेश्याम बनिया र पशुपति बनियालाई मतियारको मुद्दा लगाइएको छ ।
सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, मजिद जोलाहाले मुख्य प्रतिवादी ओमप्रकाश तेलीको मुख्य मतियार भई मुचुल्कामा सहीछाप गरेको अभियोगपत्रमा उल्लेख छ ।
भारतीय नागरिक मेहराविरुद्ध पनि मुद्दा दायर गरिएको छ । साथै गलत स्थलगत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरिशंकर बनियालाई पनि मतियारको रूपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा