काठमाडाैं । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शुक्रवार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
उहाँले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण वृत्त चप्पलकक्षबाट जुत्ता-चप्पल लिई फर्कने व्यवस्था मिलाइएको बताउनु भयो ।
त्यस्तै मित्रपार्क, जयवागेश्वरी-गौशाला-भुवनेश्वरी-शकराचार्यमठ दक्षिण हुँदै फलामेपुल-पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो । पिङ्गलास्थानबाट बनकाली, चारशिवालय-पञ्चदेवलपूर्व-बजघर-दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता-चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको बताउनु भयो ।
तिलगंगा राममन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ । उहाँले दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताउनु भयो ।
श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइने बताउनु भयो । पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जाकारी दिनुभयो । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेश्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच