कुनैपनि ठाउँमा रहेर नागरिकले मताधिकार प्रयोग गर्न पाउनुपर्छ : प्रधानमन्त्री ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।

दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनु भयो ।

बसाईंसराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकंक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘कुनैपनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ । बसाईंसराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्नसके आम जननाको मताधिकारको सम्मान हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?