
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवद्र्धक रहेको हृयाबिट्याट पावर कम्पनीले सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले जारी पुँजी ५५ करोडको २० प्रतिशत अर्थात् सय रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण सेयर जारी गर्नेछ । कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् पाँच लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र बाँकी १० प्रतिशत अर्थात् पाँच लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ ।
कम्पनीले पाँचथर जिल्लामा ९.९ मेगावाटको हेवाखोला ए साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले चालु आर्थिक वर्षको चैतसम्ममा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच