
काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजारमा मंगलबार पनि ६.९० अंकले बढेर दुई हजार आठ सय ३० अंकमा पुगेको छ । यस दिन तीन सय २८ कम्पनीका तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता सेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री भई १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको छ । विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बिमा २.२८, लघुवित्त ०.३६ र निर्जीवन बिमा ४. ७८ प्रतिशतले बढेको छ भने अरू सबै समूहका सूचक घटेका छन् ।
त्यस्तै बैंकिङ ०.६७, वित्त १.५७, जलविद्युत् ०.५०, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फण्ड ०.०३, व्यापार ०.४१ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ । सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्थ, मानुषी लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ भने कारोबार सेयर संख्याका आधारमा भने अपि पावर कम्पनीको सात लाख ४४ हजार एक सय ५० कित्ता कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच