काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धि सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीस) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानून बनाउन सरकारसँग माग गर्नुभएको छ ।
उहाँले नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको सो परियोजनालाई नेपालको संसदले स्वीकार गरेकोको उल्लेख गर्दै अब सरकारले त्यसलाई सम्पूर्ण रुपले नेपाल मातहत ल्याउनेगरी कानून बनाउनुपर्ने माग गर्नुभएको हो । मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले एमसीसीको परिचालन, अनुगमन र नियन्त्रण सम्पूर्ण रुपमा गर्नेगरी संसदले कानून बनाउनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले त्यसका लागि अदालतमा बहस पैरवी गर्न पनि कानूनविदहरुलाई आग्रह गर्नुभयो । एमसीसी नेपालको हितमा नभएपनि त्यसलाई तत्काल खारेज गर्ने सम्भावना नभएको जिकिर गर्दै महासचिव विप्लवले त्यसलाई कानूनद्वारा नियन्त्रण गर्न नेपालले पहल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यसलाई खारेज गर्ने कुरा तत्काल सम्भव दैखिँदैन । हाम्रो भनाई के छ भने–तत्काल नेपालको संसदले एमसीसीलाई आफ्नो मातहत ल्याउने कानून निर्माण गरोस । हाम्रो यो छ । नेपालको संसदले एउटा यस्तो कानून पास गरोस् । जसले एमसीसीलाई सम्पूर्ण रुपले अनुगमन, नियन्त्रण र परिचालन गर्ने अधिकार राखोस । त्यो भनेको एउटा कानून संसदबाट होस् भन्ने हाम्रो पार्टीको दृष्टिकोण छ । र त्यो अनुसार हामीले कानुनविद् साथीहरुलाई पनि भनेका छौं–बरु रिट गर्नुपर्छ, बहस गर्नुपर्छ भने जानुप¥यो । यसलाई मनपरी छोडेर अहिले जो खालको परिस्थिति बनिराखेको छ । एमसीए अस्ती हामी नेपालको कानून अन्तर्गत नभएकाले हुनाले नेपालको अदालतमा जवाफ दिन आवश्यक छैन भन्ने प्रतिउत्तर लगायो । र नेपालको अदालतले पनि ठेक्का प्रकरणमा त्यस्तै खालको दोधारे खालका व्याख्याहरु ग¥यो । यसले के देखायो भने एमसीसी नेपालको संविधान मातहत, कानून मातहत, संसद मातहत, जनता मातहत, नेपालको सार्वभौमिकता मातहतमा छैन भन्ने आउँछ नि त । त्यसैले यो कुरामा तत्काल सोचियोस भन्ने एउटा कुरा हो । र हाम्रो दृष्टिकोण चाँही एमसीसी र एमसीए दुईवटै प्रोजेक्ट नवऔपनिवेषिक नीति नेपालमा कानूनी मान्यतासहित यहीको राज्यलाई प्रयोग गरेर, यहीको कानूनलाई प्रयोग गरेर, यहीको संसदलाई प्रयोग गरेर लिइने नीतिहरु हुन् भन्ने हामो छ । र यो हुनुहुँदैन यसमा हामीले नेपालमा लगातार डिबेट छेडन जरुरी छ । सचेत बनाउन जरुरी छ ।’
महासचिव विप्लवले अमेरिकाले आफ्नो सैन्य रणनीति बिस्तार गर्नका लागि एमसीसी लगायतका परियोजनालाई अघि बढाउने गरेकाले त्यसलाई स्वीकार गर्न नसकिने अडान समेत राख्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा