
काठमाडौं । देशभित्र बढ्दो सीप अन्तर र रोजगारीका थप अवसरको आवश्यकतालाई मध्यनजर गर्दै करियर कनेक्सन परियोजनाले नेपाली युवालाई आवश्यक सीपसहित सशक्तीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । रोटरी क्लब अफ काठमाण्डु मिड-टाउनको ग्लोबल ग्रान्ट पहलमा परियोजना युवाहरूमा रहेको सीप र रोजगारी बजार मागबीचको खाडललाई कम गर्न केन्द्रित छ ।
एडुलिफ्ट एक गैर-लाभकारी संस्था र सजिलो एकेडेमीजस्ता निजी प्रशिक्षण संस्थानहरूसँगको सहकार्यमा परियोजनाले काम गर्दै आएको छ । नेपालको वर्तमान आर्थिक परिदृश्यले सीप विकासमा लगानी गर्नुपर्ने जरुरी देखाउँछ । रोजगारीका अवसर अभावमा धेरै युवा वैदेशिक रोजगारी खोज्न बाध्य छन्, जसले गर्दा देशभित्र दक्ष कामदार अभाव छ । यस्तो अभावले कम्पनीहरूलाई सीमित कर्मचारीहरूसँग काम गर्न बाध्य पार्छ, प्रायः कर्मचारीमा सम्बन्धित क्षेत्रको सीपमा कमीका कारण तलब कम हुने गरेको छ ।
क्यारियर कनेक्सन परियोजनाले लक्षित सीप विकास र रोजगार नियुक्ति सहायता प्रदान गरेर उल्लेखित चुनौती सम्बोधन गर्दै आएको छ । हालैमात्र परियोजनाले नयाँ पाठ्यक्रम र अद्यावधिक उपकरण प्रयोग गरी २० युवालाई उन्नत विद्युतीय र प्लम्बिङ तालिम प्रदान गरेको छ । योे पहल सेवा प्रदान गर्ने कम्पनी सजिलो सेवाबाट १० स्नातकमध्ये सातजनाले जब प्राप्त गरेका थिए । थप रूपमा परियोजनाले २४ युवालाई ग्राफिक डिजाइन र भिडियो सम्पादन सीपहरूमा गहन तालिम प्रदान गरेको छ । त्यसैगरी जनशक्ति व्यवस्थापनमा अग्रणी रहेको जब स्निपर्सको सहयोगमा जिपी कोइराला मेमोरियल कलेजमा २५ युवालाई लेखासम्बन्धी विस्तृत तालिम प्रदान गरिएको परियोजनाले जनाएको छ । रोटरी क्लबहरूको नेतृत्वमा आरसी काठमाडौं मिड-टाउनद्वारा क्यारियर कनेक्सन परियोजना युवाहरूलाई व्यावसायिक प्रशिक्षणमार्फत् समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्न केन्द्रित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच