
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले भदौ १३ गतेदेखि १८ गतेसम्म टोयोटा विजय मनाउन मनाउने भएको छ । कम्पनीको धुम्बाराही शोरुममा सुरु भएको उक्त कार्यक्रममार्फत् आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कम सार्वजनिक गरेको छ ।
विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्थाका साथै तत्काल पुरानो गाडीको भ्यालुयसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बिमा, गिफ्ट हृयाम्पर, नगद छुटका साथै विशेष छुट पाउनेछन् ।
विभिन्न बैंकहरूको सहकार्यमा सहजै फाइनान्स सुविधासमेत उपलब्ध हुनेछ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटा गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेंजरसँग सहकार्यमा उत्कृष्ट भ्यालुयसन प्रदान गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्डसमेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षण दैनिक लक्की ड्रसमेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच