कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनु भयो । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गर्नुभयो ।

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुवात गरेको छ ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?