
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले साधारण सदस्यबाट निष्कासित गरेपछि डा मुकुल ढकालले पहिलो प्रतिक्रिया दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट ढकालले प्रतिक्रिया दिनुभएको हो । आफू पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्कासित गरेको ढकालले दोहोर्याउनु भएको छ ।
फेसबुकबाट उहाँले न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुपर्ने जिकिर गर्नुभएको छ ।
‘न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ, ढकालले लेख्नुभएको छ ।
यसअघि नै आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो । ढकाल यसअघि पार्टी महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो। पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा ढकाललाई पार्टीको महामन्त्रीबाट हटाइएको थियो ।
सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको ढकालको आरोप छ । लामिछानेले आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेकाे ढकालको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच