नयाँ पुस्ताले चासो नदिँदा नासिदै मौलिक सम्पदा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । ग्रामीण क्षेत्रमा जथाभाबी निर्माण भएका सडकले मौलिक सम्पदा मासिदै गएका छन् । सडकका कारण गाउँका डाँडा, भन्ज्याङ र बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउरालीहरु मासिदै गएका हुन् । भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटी पौवा र धर्मशालाको अस्तित्वनै समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो तर मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् ।

ढोरपाटन नगरपालिका-९ का ७६ वर्षीय नन्दराम घर्ती मगरले पहिले-पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौपारीमा बसेर थकाई मार्ने गरेको स्मरण गर्दै अहिले ति सम्पदाहरु मेटिएकोमा दुखेसो पोख्नु भयो । उतिबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नु पर्छ भन्ने सोच हुने गरेको भन्दै अहिले सडक सञ्जालले गर्दा त्यस तर्फ कसैको ध्यान नुग्न नसकेको सुनाउनुहुन्छ । डेढ दशक अगाडि गाउँबाट हिँडेरै साता दिन लगाएर बजार पुग्ने गरेको सुनाउँदै अहिले केही घण्टामै पुग्न सकिने सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो - “अहिलेको पुस्तालाई पाटीपौवा के हो ?, धर्मशाला, चौपारी के हो भन्ने नै थाहा छैन, दुई/चार वर्ष अगाडि गाउँमा वर पिपलका चौपारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शितल लिन्थ्र्यौँ, तर अहिले ति वर पिपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौपारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।”

ADVERTISEMENT

गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको निसीखोला गाउँपालिका-१ का ७२ वर्षीय कुमबहादुर बुढा मगरले बताउनुभयो । आफूहरुको पालामा वर पिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको भन्दै अहिले पाप पुण्य भन्ने चलननै हराउँदै गएको गुनासो पोख्नु भयो । सडक नआउँदासम्म गाउँको १२/१५ स्थानमा वटा वर पिपलको चौपारी र ढुङ्गे धारा रहेको सुनाउँदै अहिले ति ठाउँ सबै पुरिएर सडक बनाएको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरेको बताउनुभयो । गाउँपालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उहाँको भनाइ छ । मौलिक सम्पदाले समाजको पहिचान बोकेको भन्दै यसले पर्यटक प्रवर्द्धनमासमेत ठूलो भूमिका खेल्ने अध्यक्ष घर्ती बताउनुहुन्छ । निसीखोलामा बढी ग्रामीण क्षेत्र रहेको हुँदा मौलिक संस्कृतिको संरक्षणमा लाग्न गाउँ तहबाट लाग्ने उहाँको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?