काठमाडौं – काठमाडौं महानगरपालिका–१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ । शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गएराति करिब पौने दुई बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए । उपचारको क्रममा गएराति नै सिभिल अस्पतालमा उनको मृत्यु भएको हो।’
उहाँको हत्या कसले र किन गर्यो खुलेको छैन। घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा